दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी


११ माघ २०७८, मंगलबार


सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजार जना भन्दा बढी सङ्क्रमित देखिएका छन् ।

यो सङ्क्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घण्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् ।

यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ ।

यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् ।

त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा सङ्क्रमण देखिने पनि गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस