रियालटी शो ‘सिङ्गरः सोल फुल भ्वाइस’ घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रियालटी शो ‘सिङ्गरः सोल फुल भ्वाइस’ घोषणा


११ माघ २०७८, मंगलबार


काठमाडौँ । ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ ।

शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।

फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको बताइएको छ ।

विजेताले नगद २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने छन् । नेपाली गीतसंगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायकगायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ ।

आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस