२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण बढेपछि जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

अ+ अ-

कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।

सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् ।

स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।

प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन ।

जसबाट सङ्क्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ ।

उनले भने, ‘प्रशासन कार्यालयका केही कर्मचारी सङ्क्रमित भएर आइशोलेशनमा रहेको र अन्य केही कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ । जसबाट सङ्क्रमण जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेकका प्रशासनका नियमित सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेका छौँ ।’

यसैगरी मालपोत कार्यालयको सेवा पनि आजदेखि माघ १७ गतेसम्मका लागि स्थगन गरिएको छ । कार्यालयका अनुसार नियमित कार्यसम्पादनको क्रममा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमित भएको र थप केहीमा लक्षण देखिएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नापी कार्यालयको सबै सेवा पनि आजदेखि आगामी माघ १७ गतेसम्म बन्द गरिएको छ । कार्यालयका सूचना अधिकारी प्रदीपकुमार श्रेष्ठले कार्यालयका कर्मचारी सङ्क्रमित भएको तथा मालपोत कार्यालयको सेवा पनि स्थगन भएको अवस्थामा दुवै कार्यालयबाट प्रदान गरिने सेवा अन्तरसम्बन्धित भएकाले नापीको सेवा बन्द गरिएको जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा पनि प्रभावित भएको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्यमा लक्षण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सीमित सेवाबाहेक अन्य बन्द गरिएको बताइन्छ ।

यातायात कार्यालय सबैभन्दा बढी सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । कार्यालयले सवारी चालक अनुमतिपत्रको नवीकरण माघ १३ गतेदेखि सुरु हुने तथा प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्णहरूको राजस्व लिनेबाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ ।

कास्कीका स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । माछापुच्छ«े र मादी गाउँपालिकाले सूचना जारी गरी एक साताका लागि सेवा बन्द गरिएको जनाएको छ ।

कास्कीमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमण बढिरहेको छ । पछिल्लो समय महामारीविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।

कास्कीमा पछिल्लो २४ घण्टामा महिला २१६ र पुरुष २४० गरी ४५६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र १८६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस