महासचिवमा मेरो स्वाभाविक दाबी छ: नेता पुन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महासचिवमा मेरो स्वाभाविक दाबी छ: नेता पुन


११ माघ २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन् ।

चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।

नेता पुनले भने, ‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वासछ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।’

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए ।

पूर्वमन्त्री पुनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।’

नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफनो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस