देशका केहि भेगमा हल्का हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशका केहि भेगमा हल्का हिमपातको सम्भावना


११ माघ २०७८, मंगलबार


काठमाडौँ । आज देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार पनि देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस