वडा अध्यक्ष र सचिवलाई कालो मोसो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वडा अध्यक्ष र सचिवलाई कालो मोसो


१० माघ २०७८, सोमबार


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालो मोसो दलेका छन् ।

वडाको योजना करोडौँ भ्रष्टाचार गरेको, कमिसन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालो मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्वियु(क्रान्तिकारी) सधैँ जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र सङ्गठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु(क्रान्तिकारी)ले दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस