टेकु अस्पतालमा भोलिदेखि खोप अभियान पुन: सञ्चालनमा आउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान पुन: सञ्चालनमा आउने


१० माघ २०७८, सोमबार


काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान भोलि (मंगलबार)देखि पुन: सञ्चालनमा आउने भएको छ ।

अस्पतालले आज (सोमबार) विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस