आज थप १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज थप १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो


१० माघ २०७८, सोमबार


काठमाडौँ । नेपालले कोरोना भाइरस विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप आज (सोमबार) काठमाडौँ आइपुगेको जनाएको छ ।

यस्तै भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ । सरकारले विश्व बैङ्कको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत खोप खरिद गरेको हो । उक्त खोपका लागि आवश्यक पर्ने सिरिन्ज चाहिँ सरकारले आफै ल्याउने भएको छ ।

विभागका अनुसार सरकारले आफैले खरिद गरेको २ करोड ४ लाख सिरिन्ज मध्ये ५० लाख भने आइसकेको छ । आइतबार चीनबाट पन २० लाख खोपको सिरिन्ज आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस