पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु


१० माघ २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो ।

जसमध्ये १६ हजार ६५४ नमुनाको पीसीआर टेस्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेस्ट गर्दा २२६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० सक्रिय सङ्क्रमित छन् ।

यस्तै सोमबार ४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस