२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यामरुन नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

अ+ अ-

याउन्डे । क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रि क्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ ।

क्यामरुनले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतसबाजीका कारण उक्त दुःखद घटना भएको हो ।

घटनाबारे सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासि आगलागी’ भएपछि १६ जनाको मृत्यु भएको र आठ गम्भीर घाइते भएको देखिएको छ ।’

यस आगलागीमा राजधानीको माथिल्लो क्षेत्रमा रहेको राजदूतावास र कूटनीतिज्ञ निवास रहेको भवनमा सञ्चालित लिभ्स नाइट क्लबको मुख्य कोठामा क्षति पुगेको छ ।

मन्त्रालयले भनेको छ, ‘यी स्थानहरूमा प्रायः प्रयोग गरिने आतसबाजीबाट भएको विस्फोटनको कारण पहिलो भवनको छत जलेको थियो भने पछि दुई वटा ठुलो विस्फोट भई धेरै व्यक्तिको ज्यान गुमेको छ ।’

अग्नि नियन्त्रकहरूका एक अधिकारीले एएफपीलाई आफ्नो परिचय नबताउने सर्तमा भने, ‘उद्धारका लागि हामी आइपुग्दा यहाँ आगलागीका कारण मानिसहरू आतङ्कित भेटिएका थिए भने आगोको ज्वालासँगै सतहदेखि धेरै माथिसम्म धुवाँको मुस्लो देखिन्थ्यो ।’

एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको समूहले १६ जनाको मृत्यु र पाँच जना घाइते भएको पुष्टि गरेको छ ।

क्यामरुनले देशको पश्चिममा नियमित हिंसाको बाबजुद एएफकोन टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ । यसै खुसीयालीमा आतसबाजी गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस