काठमाडौँमा तोकियो सार्वजनिक गाडीमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओराल्ने ठाउँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा तोकियो सार्वजनिक गाडीमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओराल्ने ठाउँ


१० माघ २०७८, सोमबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकेको छ ।

महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस