आर्थिक वर्षको ५ महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आर्थिक वर्षको ५ महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशत


१० माघ २०७८, सोमबार


काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झरेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चुहावट २.८२ प्रतिशतले घटेको हो।

नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान नै सञ्चालन गरिरहेको छ। गत वर्ष मंसिरसम्म वितरणतर्फको चुहावट ११.९२ प्रतिशत थियो।

प्रणालीमा रहेको चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालू वर्षमा समग्र प्रणालीको चुहावट १५.५ र वितरण चुहावट ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

यस अवधिमा नयाँ सबस्टेसन निर्माण, सबस्टेसन स्तरोन्नति, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित युनिट विलिङ भएको लगायत कारणले चुहावट घटेको घिसिङको भनाइ छ।

यसबाहेक सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, लगायतका कदमले पनि सकारात्मक परिणाम दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस