आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी


१० माघ २०७८, सोमबार


पोखरा । मनाङ मर्स्याङ्दी क्लब ६ पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै २० औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रदेश गरेको छ।

पोखरा रङ्गशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै ६ पटकको विजेता मनाङ अन्तिम चारमा पुगेको हो।

मनाङलाई जित दिलाउन रुपेश केसी र नाइजेरियन खेलाडी अफिज ओलावालेले एक÷एक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुवै गोल गरेको थियो। ६४औँ मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।

ओलावालको पासमा रुपेशले गोल गरेका थिए। खेलको ८३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राई बराबरी गोल गर्नबाट चुकेका थिए। रवि पासवानले डिबक्स नजिकैबाट दिएको बललाई जुमानुले पोस्टको दिशा दिन सकेनन्।

त्यसपछि ८७औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को जित दिलाए। ओलावालेले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। एक गोल र एक गोलका लागि अशिष्ट गरेका ओलावाले म्यान अफ दी म्याच चुनिए।

खेलपछि प्रतिक्रिया दिँदै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आफ्नो खेलाडीको गल्तीले नतिजा मनाङलाई सुम्पिनु परेको बताए।

मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक टोपे फुजाले खेल जित्ने रणनीति बनाएर खेल्दा जित सम्भव भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस