कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार


१० माघ २०७८, सोमबार


हत्या

कैलाली । कैलालीमा गएराती श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका स्थानिय ४२ वर्षका परशुराम रोक्कामगरले ४० वर्षकी श्रीमती भावना रोक्कामगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । फरार अभियुक्तको खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस