कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्दै एसपीए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्दै एसपीए


९ माघ २०७८, आइतबार


काठमाडौँ । सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय(केयू) विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो ।

नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन(नेस्पो) को समन्वयनमा धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको केमयुङ्ग विश्वविद्यालय(केयू) सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख योगराज उपाध्याय र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाँडेबिच ६ बुँदै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पछि एसपिएका विद्यार्थीहरूको शैक्षिक तथा ‘एक्स्ट्रा एक्टिभिटी’मा समेत अन्तर्राष्ट्रिय स्तरको अनुभव तथा सिकाइ गतिविधिमा महत्त्वपूर्ण सफलता मिल्ने प्रबन्ध निर्देशक सुवास शाहीले बताए ।

विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने उद्देश्य सहित सम्झौता भएको शाहीको भनाई छ । विद्यार्थी र विभिन्न सङ्कायको संस्थागत विकासका लागि अभिप्रेरित, अनुसन्धान, प्रशिक्षण, विनिमय अध्ययन र स्टे प्रोग्रामहरू, पुनर्निर्माण र खेलकुदका लागि शैक्षिक गुणस्तर मानकहरू सुदृढ गर्दै अध्ययन र पूर्वाधार विकास गर्नको लागि केयू विश्वविद्यालयसँग सम्झौता गरिएकोसमेत उनले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सुदुरपश्चिमाञ्चल एकेडेमी(एसपिए) विगत २३ वर्ष देखि शैक्षिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । हाल एकेडेमीले +२ देखि स्नातकोत्तर सम्मका विभिन्न सङ्कायमा पठनपाठन गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस