कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु


९ माघ २०७८, आइतबार


कैलाली । कैलालीमा कोभिड -१९ विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको हो ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर नपुग्दै मृत्यु भएको वडाध्यक्ष भिखराम चौधरी बताए ।

‘खोप लगाएको केही बेरमै उहाँ बाटोमै लड्नु भएको थियो’ उनले भने ‘लडेकै ठाउँमा उहाँको मृत्यु भएको हो ।’ आइतबार दिउँसो करिब सवा दुई बजेतिर उनले खोप लगाएको वडाध्यक्ष चौधरीले बताए ।

मृतक डगौराका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबिच छलफल पछि शव परीक्षणका लागि धनगढी पठाइएको वडाध्यक्ष चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस