भारतमा एकैदिनमा तीन लाख ३३ हजार सङ्क्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा एकैदिनमा तीन लाख ३३ हजार सङ्क्रमित


९ माघ २०७८, आइतबार


नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएयता हालसम्मको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ ।

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन वृद्धि हुँदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् ।

सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख ५९ हजार १६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख ८४ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस