ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते


९ माघ २०७८, आइतबार


काठमाडौँ । ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने, २ जना गम्भीर घाइते भएका छन् ।

मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना भएको हो ।

दुर्घटनामा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार युसब र युनिसा एकै परिवारका हुन् ।

गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जीपमा ६ जना थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस