प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने


९ माघ २०७८, आइतबार


जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ ।

प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ ।

संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा नयाँ चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको हो ।

सम्बन्धित समाचार: राजपत्रमा प्रकाशित भयो मधेस प्रदेशको नाम

Tags :
प्रतिक्रिया दिनुहोस