२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् ।

प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उनले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिए । उनले भने, ‘यो आयोजना सम्पन्न गर्न धेरै रकम खर्च हुने र सबै एकैपटक सम्पन्न गर्न कठिन हुने हुँदा चरणबद्ध काम सम्पन्न गर्न सङ्घीय सरकारलाई आग्रह गरिने छ । साथै भरतपुरमा बन्दै गरेको औद्योगिक प्रदर्शनी केन्द्रलाई बजेट विनियोजन गराएर सम्पन्न गराउन आफ्नो सहयोग रहने छ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल ,प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायतको सो अवसरमा उपस्थिति थियो ।

शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएको छ । रुख कटान गरी थप कामका लागि प्रक्रिया अघि बढेको छ ।

विसं २०७४ बाट प्रक्रिया अघि बढाइएको भए पनि काम सुस्तगतिमा अघि बढेको हो । उद्योगी व्यवसायीले छिटो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस