पूर्वप्रधानन्यायाधीश शर्माको निधनकाे शाेकमा आज देशभरका अदालत बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वप्रधानन्यायाधीश शर्माको निधनकाे शाेकमा आज देशभरका अदालत बन्द


९ माघ २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द जनाएको छ ।

सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार (आज) देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रूपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।

शर्माको बुधबार निधन भए पनि उनका छोरा विदेशबाट आएपछि शनिबार मात्र अन्त्येष्टि गरिएको थियो । शर्मा ३० चैत २०५४ देखि ३० मङ्सिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस