कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि म्याग्दे गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि म्याग्दे गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द


८ माघ २०७८, शनिबार


तनहुँ । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई आइसोलेशनमा रहनुभएका जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्कमा रहेकालाई थप सङ्क्रमण हुनबाट बचाउन गाउँपालिकाले चार दिन सेवा बन्द गर्ने निर्णय गरेको हो ।

माघ ९ गतेदेखि १२ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष मायादेवी रानाले जानकारी दिए । यसअघि जिल्लाको शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले पनि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस