२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

अ+ अ-

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, भक्तपुर र पाटन दरबार सङ्ग्रहालयलगायत सङ्ग्रहालय छन् ।

कोरोना बढ्दै गएपछि सरकारले भिडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि सङ्ग्रहालय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।