काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ बजेदेखि जोर बिजोर लागू(आदेशसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ बजेदेखि जोर बिजोर लागू(आदेशसहित)


६ माघ २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरूमा जोर बिजोर लागू गरिएको जनाइएको छ । यससँगै जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस