२९३१ अङ्कमा पुग्यो नेप्से , कारोबार रकम घट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२९३१ अङ्कमा पुग्यो नेप्से , कारोबार रकम घट्यो


६ माघ २०७८, बिहिबार


काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से २९३१ अङ्कमा पुगेको छ । ३३ अङ्कको वृद्धिपछि नेप्से २९३१ अङ्कमा पुगेको हो ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ । दिनभर जम्मा ५ अर्ब ७७ करोडको कारोबार भयो । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो ।

बैङ्किङ उपसमूह १ अङ्कले घट्यो । विकास बैङ्क १७२, फाइनान्स ७७, होटल तथा पर्यटन १८, जलविद्युत ७६, लगानी १, जीवन बीमा ४६२, उत्पादन ३१, लघुवित्त ६०, निर्जीवन बीमा २६९, अन्य ११ र व्यापार उपसमूह ४४ अङ्कले बढे ।

१६० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको घट्यो भने ५ को स्थिर रह्यो । ३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । मध्यभोटेकोसी जलविद्युत आयोजना, तेह्रथुम पावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । मूल्यवृद्धिपछि मध्य भोटेकोसीको प्रतिकित्ता ५५०, तेह्रथुमको ६३५.८० र बुद्धभूमिको ३१६.५० रुपैयाँ पुगेको छ ।

कारोबारका आधारमा आईएमई जनरल इन्स्योरेन्स, अपी पावर, शिखर इन्स्योरेन्स, अरुणभ्याली र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस