सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु


६ माघ २०७८, बिहिबार


जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधवार राति मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस