दक्षिण अफ्रिकाद्वारा भारत पराजित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दक्षिण अफ्रिकाद्वारा भारत पराजित


६ माघ २०७८, बिहिबार


काठमाडौँ । दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ ।

बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए । शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे ।

दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए ।

जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस