२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित

अ+ अ-

सोलुखुम्बु । चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ ।

प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मङ्गलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको बताइएको छ ।

सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते अपराह्न ४ः२५ देखि बेपत्ता बनेपछि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।

लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोसी–७ को सोलावनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ । सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात भएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रहरी नायब उपरीक्षक कटवालको भनाइ छ ।

अब उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालित गरिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार असोज ८ गते अपराह्न ४ः२२ मा साथीलाई सन्देश पठाएको र ४ः२५ देखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्यदूधकोसी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलावनबाट हाकुला झर्नेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सोताङकाट प्रहरी निरीक्षक नवन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि असोज ११ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको थियो भने एक हप्तापछि प्रहरी निरीक्षक नवीन राईको टोलीसमेत फर्केको थियो ।

कसरी हराइन् मनकुमारी ?

एनएमबी लघुवित्त वित्तीय संस्थाका अनुसार हरेक महिनाको ७ गते बिहान माप्यदूधकोसी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ । मनकुमारीसँगै उक्त बैठक सञ्चालनका लागि वाकु गएकी कमला बस्नेतका अनुसार असोज ६ गते आज उनीहरू वाकु पुगेका छन् ।

उनका साथमा चार लाख १२ हजार बढी रकम रहेको बताइएको छ ।

‘७ गते बिहान हाकुलामा बैठक सकेर सोही वडाको सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवै जना पुग्यौँ ।’ कमलाले भनिन्, ‘बेलुका सोही गाउँको एक जना शेर्पा दाइकामा बास बस्यौँ र भोलिपल्ट असोज ८ गते फेरि हाकुला नै फर्किंदै गर्दा मनकुमारीले खास्बरी दिदीकामा किस्ता लिन जान्छु भनेर बीचबाटो बाट तल झर्नुभयो ।’

७ गते रातिदेखि आफू बिरामी परेको कमलाले सुनाइन् । ‘म बिरामी भएकाले गर्दा माथिबाटै भीम दाइकामा आउँदै थिए, ४ः२२ मा मनकुमारीको म्यासेज आयो भीमदाइकामा गएर बस्दै गर्नु है भन्ने’, कमलाले भनिन्, ‘मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकामा गएर बसे तर आइनन् अनि मलाई गाह्रो भएर घर जान बाइक भने त्यो बेला ७ बज्न लागेको थियो, उनलाई फोन गरेको अफ थियो ।’

मनकुमारीको मोबाइल अफ भएपछि गाउँमा हल्लाखल्ला भएको कमलाको भनाइ छ तर पनि आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्रहरीले फर्काएको उनको भनाइ छ ।

प्रहरीलाई अनुसन्धानमा चुनौती

घटनास्थलको अवस्था, मनकुमारीले प्रयोग गरेको मोबाइल नम्बर, फेसबुक म्यासेज लगायतलाई आधार मान्दा आजसम्म घटनाका बारेमा कुनै पनि प्रमाण जुट्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार कमला बेपत्ता भएको क्षेत्रमा कुनै विशाल जङ्गल, खोला र भिरसमेत छैन । सामान्य जङ्गल रहेको भए पनि नजिकै छ, सात वटा गोठ रहेको र केही नजिक बस्ती भएका कारण अप्रिय घटना हुन नसक्ने स्थानीयको अनुमान छ ।

स्थानीयवासी भीमराज राईका अनुसार त्यस वरपर प्रहरीसहित गाउँले सबैले लगातार खोजीकार्य जारी राखेको भए पनि केही पनि फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस