जिल्ला प्रशासन जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जिल्ला प्रशासन जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना


६ माघ २०७८, बिहिबार


जाजरकोट । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवतीलगायतलाई टेवा पुग्ने बताए ।

सचेतना अभावमा विदेश जानेहरुले धेरै दुःख पाउनुपरेको छ । विदेश जानुपर्व केही जानकारी हासिल गरेर मात्र जानु पर्ने प्रजिअ देवकोटाले बताए ।

वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्वतयारीको अबलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क तथा समन्वयलगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानुपर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

टेलिभिजनमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ ।

वैदेशिक रोजगारी जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस