बी एण्ड बी अस्पताललगायत विभिन्न ठाउँमा प्रशासनको अनुगमन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बी एण्ड बी अस्पताललगायत विभिन्न ठाउँमा प्रशासनको अनुगमन


६ माघ २०७८, बिहिबार


ललितपुर । जिल्ला प्रशासन कार्यालयले यहाँको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आज सो काम गरिएको हो ।

सातदोबाटोस्थित सेल्सबेरी, ग्वार्कोको बी एण्ड बी अस्पताल तथा पुल्चोकको लबिम महलका साथै पाटनढोकाको भाटभटेनीमा समेत अनुगमन गरी भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रजिअ घनश्याम उपाध्यायले बताए ।

उनले भने, ‘हामीले यस स्थानमा गएर कोभिडको जोखिमलाई मध्यनजर गरी विशेषरूपमा ध्यान पुर्याउन अनुरोध गरेका छौँ ।’ प्रशासनको आग्रह नमान्नेलाई आजदेखि जरिवानासमेत गरिने भएको उपाध्यायले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस