सिटामोल अभाव हुन नदिन गृहमन्त्री र मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिटामोल अभाव हुन नदिन गृहमन्त्री र मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन


५ माघ २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायत औषधिको अभाव अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्। 

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर औषधि अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

सो लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत औषधि उत्पादक कम्पनीहरूसँग परामर्श गर्दै सहज बनाउन प्रयास गरेका थिए । 

यससँगै कहीँ कतैबाट औषधिको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस