२९ सयमुनि ओर्लियो नेप्से, १६५ कम्पनीको मूल्य घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२९ सयमुनि ओर्लियो नेप्से, १६५ कम्पनीको मूल्य घट्यो


५ माघ २०७८, बुधबार


काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २९ सयमुनि ओर्लिएको छ । ३८.३५ अङ्क घटेर परिसूचक २८९८ अङ्कमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो (मंगलबार) ८ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य भने घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहहरु घटेका छन् ।

बैङ्किङ १४, विकास बैङ्क ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अङ्कले घटे ।

बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ । बुद्धभूमिको मूल्य प्रतिकित्ता २८७.८० र सामलिङको ७१४ रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशतले घटेर ३५३ रुपैयाँमा झरेको छ ।

अपी पावर, अरुणभ्याली हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी धेरै कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस