फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण


५ माघ २०७८, बुधबार


पेरिस । फ्रान्समा एकै दिन ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो सङ्क्रमण देखिएको हो ।

फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिएका छन् ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो समयमा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् ।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रिस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्व सन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस