‘राजनीति सेवा हो, व्यापार होइन’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘राजनीति सेवा हो, व्यापार होइन’


५ माघ २०७८, बुधबार


कनकाई । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेसा व्यापार बनाउन नहुने बताएका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।

उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्छ भने । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनुपर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस