अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा


५ माघ २०७८, बुधबार


काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा भएको आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस