आज देशका केहि स्थानहरुमा हिमपातको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज देशका केहि स्थानहरुमा हिमपातको सम्भावना


५ माघ २०७८, बुधबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देहका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको छ।

बुधबार (आज) सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू–भागको मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस