आकाशमै ढोका खुलेको गुण एयरमाथि छानबिन गर्न कार्यदल गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आकाशमै ढोका खुलेको गुण एयरमाथि छानबिन गर्न कार्यदल गठन


४ माघ २०७८, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्समाथि छानबिन गर्ने भएको छ ।

मन्त्रालयले माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेका गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको घटना छानबिन गरी सत्य–सत्य पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दघिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरेको सहसचिव एवं प्रवक्ता डा. टोकराज पाण्डेले बताए । कार्यदलमा पर्यटन नागरिक उड्डयन मन्त्रालयका इलेक्ट्रोनिकल इन्जिनियर नसिब आचार्य, प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई र एरोनोटिकल इन्जिनियर रितेश राज पन्त सदस्यसचिव रहेका रहेका छन् ।

सचिव स्तरीय निर्णयबाट गठित कार्यदललाई तीन दिनको समय दिइएको छ ।

यही माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेको गुण एयरलाइन्सको वायु यानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस