Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्घाखाँचीको खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन


४ माघ २०७८, मंगलबार


School

अर्घाखाँची । सन्धि खर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ ।

सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावि सञ्चालन गरिएको छ ।

भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।

यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्षिक एक लाख २० हजार उपलब्ध गराउने गरेको छ । ‘विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग गर्ने गरेका छौँ’, घिमिरेले भने, ‘खानेपानी, मोटर बाटो निर्माणलगायत विकास निर्माणका काममा सघाएका छौँ ।’

जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पुर्‍याउँदै आएको छ । मन्दिरमा गत वर्ष ८० लाख आम्दानी भएको थियो । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश र विहारबाट समेत सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए ।

‘मन्दिरबाट सहयोग नमिलेको भए यो विद्यालय प्रावि नै रहने थियो’, उनले भने, ‘मन्दिरको सहयोगका कारण नै विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस