आज सर्वोच्च फूलकोर्ट बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज सर्वोच्च फूलकोर्ट बस्दै


४ माघ २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।

कोरोना संक्रमण देशव्यापी रुपमा बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।

न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ ।

​प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा बैठकमा बस्ने–नबस्ने टुंगो छैन।

Tags :
प्रतिक्रिया दिनुहोस