कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएसँगै चितवन कोरोनाको उच्च जोखिममा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएसँगै चितवन कोरोनाको उच्च जोखिममा


३ माघ २०७८, सोमबार


चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । 

सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । 

पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या  ८२८ पुगेको छ । 

आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा संक्रमण पुष्टि भएको हो । 

सङ्क्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जान थालेको उनले बताइन् । 

गत पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । 

अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ । 

गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले बताए । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना सङ्क्रमण देखिएको थियो ।

शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । 

जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । 

यहाँ हालसम्ममा २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् ।

कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।

यस्तै सङ्क्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । 

सङ्क्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढेपनि भीडभाड कायमै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस