प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्न प्रस्ताव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्न प्रस्ताव


३ माघ २०७८, सोमबार


काठमाडौँ । प्रदेश २ नेपाली काँग्रेसका सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै यादवले यस्तो प्रस्ताव राखेका हुन् ।

‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौँ (बैठक स्थगन) र नामकरणबारे फेरि पनि छलफल गरौँ ।’ उनले भने ।

राजधानीमा भने जनकपुर नै उपयुक्त रहेको र यसमा अधिकांशको सहमति रहेको उल्लेख गर्दै उनले नामाकरणबारेको मतदान तत्काल स्थगन गर्ने प्रस्ताव गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस