प्रदेश र संघीय सरकारी निकायबीच समन्वय नहुँदा सोचे जुस्ताे काम गर्न सकिएन: मन्त्री झाँक्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश र संघीय सरकारी निकायबीच समन्वय नहुँदा सोचे जुस्ताे काम गर्न सकिएन: मन्त्री झाँक्री


३ माघ २०७८, सोमबार


काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गरेकी छन् ।

मन्त्री भएको १०० दिन पूरा भएको अवसमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन परी आफ्ना उपलब्धी सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताइन् ।

सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताएकी छन् ।

उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरुबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोही अनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनको भनाइ छ ।

प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीको भनाइ छ । वागमती सरसफाइ र विकासका लागि छिटै गुरुयोजना बनाएर अघि बढने उनले बताइन् । वागमती सफाइ गर्न पानीको ड्याम बनाउने कार्य भइरहेको उनले जानकारी दिइन् ।

उनले वागमती नदीलाई ढल मुक्त बनाउने प्रतिवद्धता व्यक्ति गरिन्।वागमती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिवद्धता जनाइन् ।

जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौँका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् । काठमाडौँ फोहोर मैला व्यवस्थापन गर्ने तयारी स्वारुप अनुसन्धान केन्द्रको स्थापना हुने मन्त्री झाँक्रीले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस