२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसै गरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए ।

श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।

जीतसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चार वटै खेलमा जित निकाल्दै पुलिसले आठ अङ्क जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अङ्क जोडेको छ ।

आर्मीले दुई खेलमा जीत तथा एउटामा प्रदेश १ सँग अङ्क बाँडेको थियो । आर्मी सो समूहबाट उप विजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश नं १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस