ठगी मुद्दामा दाङका गुण्डा नाइके पुन पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ठगी मुद्दामा दाङका गुण्डा नाइके पुन पक्राउ


३ माघ २०७८, सोमबार


पक्राउ

दाङ । दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा पक्राउ परेका छन् । पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँमा पक्राउ परेका हुन् ।

पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौँ पठाइएको बताइएको छ ।

पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।

पुनविरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडित पक्षले पुनविरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस