लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा


३ माघ २०७८, सोमबार


काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १–१ गोल गरे ।

४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २–० ले अघि बढ्यो । ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍यो ।

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ ।

अर्को खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस