२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँग आज छलफलमा उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाका परिवारलाई अन्य ढङ्गले सहयोग गर्ने प्रष्ट पारे ।

‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’, मुख्यमन्त्री राईले भने, ‘धेरै नभए पनि सांकेतिक रूपमा केही आर्थिक दायित्व लिन्छौँ ।’

उनले बेपत्ता पारिएकाका परिवारलाई रोजगारी दिने, सीपमूलक तालिम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्य उपचार एवं बीमाजस्ता कार्यक्रमबाट लाभान्वित गर्न सकिने विचार प्रकट गरे ।

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले देशभरि तीन हजार २९२ जना व्यक्ति बेपत्ता भएको उजुरी आएको जानकारी दिए । तीमध्ये ३०० जना प्रदेश नं १ मा अझै बेपत्ताको सूचीमा रहेको उनले बताए । उनले प्रदेश नं १ मा बेपत्ता भएकाको सूची मुख्यमन्त्री राईलाई बुझाएका थिए ।

आयोगका सचिव श्यामकुमार भट्टराईले आयोगले अहिलेसम्म गरेका प्रगति विवरणबारे जानकारी गराएका थिए । उनले आयोगमा परेका उजुरीमा दुई हजार ५०० को छानबिन भइसकेको र एक हजार २५७ बेपत्ताको सूचीमा परी राज्यबाट १० लाख राहत पनि पाएको बताए ।

उजुरी आएकामध्ये १८६ जना प्रक्रियामा रहेको उनले जानकारी दिए । प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठ, प्रमुख सचिव डा रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले पनि छलफलमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस