अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने


३ माघ २०७८, सोमबार


काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पथ्र्यो।

मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे। तर अब भने यो झन्झट हटेको छ । अब भने प्रभु पे को किओस्ट मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले आइतबारबाट उक्त मेसिन सञ्चालनमा ल्याएको हो।

सुरुवाती चरणमा ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा जरिवाना तिर्न सकिने व्यवस्था थियो। पछिल्लो समय महाशाखाले मोबाइल बैंकिङ, तथा डिजिटल वालेटबाट पनि भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको हो ।

ट्राफिक महाशाखाका अनुसार उपत्यकामा ३०९ स्थानमा प्रभु पे को किअस्ट मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस