अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना सङ्क्रमण


२ माघ २०७८, आइतबार


काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना सङ्क्रमण भएको छ ।

मिश्रले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गरेका छन् ।

अहिले आफ्नो स्वाथ्य अवस्था ठिकै रहेको मिश्रको भनाइ छ ।

आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उनले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस