म्याग्दीमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य


२ माघ २०७८, आइतबार


गलेश्वर । म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।

यो निर्णय सरकारी तथा गैर सरकारी सङ्घसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइलमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताए । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो ।

सदरमुकाम बेनीस्थित होटल तथा रेस्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित ३२ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस