भारतमा २४ घण्टामा २ लाख ७१ हजार बढीमा कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतमा २४ घण्टामा २ लाख ७१ हजार बढीमा कोरोना सङ्क्रमण


२ माघ २०७८, आइतबार


नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। शनिवारको तुलनामा आइतबार २ हजार ३६९ बढी सङ्क्रमित थपिएका हुन्।

नयाँ थपिएका सङ्क्रमितसहित भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख ५० हजार ३७७ पुगेको हो। देशमा कोरोना पोजेटिभ रेट १६।२८ प्रतिशतले वृद्धि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३१४ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रमा मात्रै कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।

नयाँ संक्रिमत थपिएसँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ३३१ जना सङ्क्रमणमुक्त भएका छन्।

यस्तै, यहाँ नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ। हालसम्म ओमिक्रोन भेरियन्ट ७ हजार ७४३ जनामा देखिएको हो।

पछिल्लो २४ घण्टामा ओमिक्रोन केसमा २८.१७ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस